चितवन । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफ एफसीले जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा शनिबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा अग्रता भने आर्मीले लिएको थियो । १३ औँ मिनेटमा बिमला चौधरीको गोलमा आर्मीले अग्रता लियो ।
अन्तिम ६ मिनेट सम्हालिन नसक्दा आर्मी स्तब्ध भयो । ७५ औँ मिनेटमा रश्मी घिसिङले सुन्दर हेडर गोल गर्दै एपिएफलाई खेलमा फर्काइन् । बाँकी समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा एपिएफ ४-२ ले विजयी भयो । विजेता एपिएफले ट्रफीसहित तीन लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
एपिएफकी प्रीति राई प्लेयराफ द म्याच बनिन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । आर्मीकी चन्द्रा भण्डारी प्लेयर अद द टुर्नामेन्ट बनिन् । उनले ४० हजार प्राप्त गरिन् ।
एपिएफकी साबित्री किसन उत्कृष्ट गोल रक्षक, आर्मीकी बिमला विक उत्कृष्ट डिफेन्डर, एपिएफकै रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता ८ गोल गरेकी एपिएफकी रश्मीकुमारी घिसिङ र उत्कृष्ट प्रशिक्षक एपिएफका जिवेश पाण्डे घोषित भए । उनीहरुले जनही २०/२० हजार रुपैयाँ प्राप्त गरे ।
चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकालो प्रवर्द्धनमा सम्पन्न प्रतियोगितामा ८ टोली सहभागी थिए ।