चितवन। युवापुस्तालाई वित्तीय निर्णय लिन चुनौती देखिएको छ । प्रबिधिको बिकास तथा उच्चतम प्रयोगका कारण युवाहरुलाई वित्तीय क्षेत्रमा लगानी तथा निर्णय गर्न कठिन हुन थालेका हो । धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले ग्लोबल मनी वीकको अवसरमा आयोजना गरिएको राष्ट्रिय स्तरको अन्तरकलेज हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
डा.अधिकारी भन्नुहुन्छ “युवापुस्ताले उन्नत पूर्वाधार, डिजिटल वित्तीय क्षमता, र अत्याधुनिक प्रविधि,कृत्रिम बुद्धिमत्ता विशेष गरी जेनेरेटिभ चिजहरुबाट फाइदा लिएको र विकासहरूले नयाँ अवसरहरू सिर्जना गरेको छ तर केही चुनौतीहरू थपेको छ ”।
युवाहरूलाई आधुनिक वित्तीय वातावरणको कठिनाई सामना गर्न सक्षम बनाउने लक्ष्यमा एकजुट हुन र सबैको सामूहिक प्रयासले वित्तीय रूपमा साक्षर संगै डिजिटल युगमा बुद्धिमानीपूर्ण निर्णय लिन सक्ने एक पुस्ता निर्माण गर्न आवश्यक रहेको औल्याउनुभयो । देशमा आर्थिक अबस्था जस्तो भए पनि संकटमा सम्भावना देख्न सक्नुपर्ने जिकिर गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै मधेश बिश्वबिद्यालयका उपकुलपती प्रोफेसर डा.दिपक शाक्यले नेपाली पुँजी बजारलाई बढवा गर्न नयाँ बिद्यार्थीहरुलाई ईन्र्टनशिप गराउदा शुल्क तिर्नुपर्ने काम रोक्नुपर्ने बताउनुभएको छ । बिश्वका अन्य मुलुकमा ईन्र्टनशिप गराउदा कम्पनीहरुले पैसा दिने गरेको र नेपालमा ठिक उल्टो भएको भन्दै उहाँले यो परिपाटीको अन्त्य हुनुपर्ने जनाउनुभएको हो ।
ग्लोबल मनि वीक अर्थात बिश्व पुजिँ सप्ताह अन्र्तगत “थिंक बिफोर यू फलो वाइज मनी टुमारो” भन्ने नारा सहित वित्तीय क्षेत्र संग सम्बन्धीत कार्यक्रम आजबाट भरतपुरमा सुरु भएको छ । भोली सम्म चल्ने यो कार्यक्रम नेपालमा पहिलो पटक नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजार मध्यस्थकर्ताहरूको संयोजनमा राष्ट्रिय स्तरको अन्तरकलेज पूँजी बजार हाजिरीजवाफ प्रतियोगिता सुरु भएको हो । प्रतियोगीतामा देशभरका २५ कलेज सहित २७ टिमको सहभागीता रहेको छ ।