काठमाडौं । सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् ।
बिहीबार दिउँसो साढे ४ बजे सुनसरी गढी गाउँपालिका– ४ मा रहेको शोभा जेनियल इङलिस स्कुलको ग। १ प। १३८१ नम्बरको बस छिटाहास्थित चिमडी औराबनी भित्री सडक खण्डमा नहरमा खसेको थियो ।
विद्यार्थीलाई घर पुर्याउन गएको बस दुर्घटना हुँदा १४ जना विद्यार्थी सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते सबै बर्जु गाउँपालिका– ६ का विद्यार्थीहरु हुन् । तीव्र गतिका कारण दुर्घटनामा परेको जनाएको छ । बसमा ३५ विद्यार्थी सवार थिए ।
यी हुन् घाइतेहरु :
१. वर्ष ९ की राधिका उराव
२. वर्ष ४ की सृष्टि साह
३. बर्ष ५ की हृष्टि उराव
४. वर्ष ११ की निशा उराव
५. वर्ष ११ का आकाश साह
६. वर्ष ९ की राधिका उराव
७. वर्ष ९ की राधिका मण्डल
८. वर्ष ८ को एसन साफी
९. वर्ष ९ को आसिफ साफी
१०. वर्ष ५ को आफ्ताव साफी
११. वर्ष ८ की इसिका कुमारी राजभर
१२. वर्ष ९ की रोसनी राजभर
१३. वर्ष ८ को डम्बर राम
१४. वर्ष ९ की काव्य उराव