चितवन। चितवनकी पत्रकार संगीता बानियाँको निधन भएको छ। ब्रेन क्यान्सरको उपचारको क्रममा रहेकी बानियाँको आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।
भरतपुर–१४ शिवनगर निवासी बानियाँ बानियाँलाई सुरुमा स्तन क्यान्सर देखिएको थियो। स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको चिकित्सकले बताएका छन्।
पत्रकार महासंघ चितवनकी सदस्य बानियाँ चितवनको शिवशक्ति रेडियोमा कार्यरत थिइन्।
उनको शव आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिने उनका आफन्त श्याम सिलवालले जानकारी दिए।