चितवन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ७ अर्थात् भोलिदेखी सुरु हुदैछ । परिक्षाका लागी ५ लाख भन्दा बढी विद्यार्थी तम्तयार अवस्थामा छन् , भने अन्य तयारी पनि सबै सकिएको छ।
राष्ट्रिय परिक्षा बोर्डका अनुसार यसपटकको एसईई परीक्षामा कुल पाँच लाख ८ हजार ३९० जना विद्यार्थी सहभागी हुँदैछन्। जसमध्ये नियमिततर्फ ४ लाख १८ हजार ३५५, ग्रेडवृद्धितर्फ ७५ हजार २४५ र प्राविधिकतर्फ १४ हजार ७९० जना विद्यार्थी रहेका छन्। परिक्षाका लागि २ हजार ७९ वटा परिक्षा केन्द्र तोकिएको छ।
यसपटकको एसईईमा सबैभन्दा धेरै विद्यार्थी बागमती प्रदेशबाट सहभागी हुँदैछन् । बागमती प्रदेशबाट १ लाख ८ हजार ३५७ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। जसमा नियमिततर्फ ९५ हजार ३६१जना, ग्रेडवृद्धितर्फ १० हजार ६१५जना र प्राविधिकतर्फ २ हजार ४८१ जना रहेका छन्।
बागमती प्रदेशबाट १ लाख ८ हजार ३५७ विद्यार्थी सहभागी हुने भएका छन्। भने लुम्बिनी प्रदेशबाट ९५ हजार १९ जना , कोशी प्रदेशबाट ८१ हजार ७८१ जना , सुदूरपश्चिम प्रदेशबाट ५८ हजार ६३५ जना , गण्डकी प्रदेशबाट ४६ हजार २८७ जना र कर्णाली प्रदेशबाट ३७ हजार ८७३ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुने भएका छन् ।
बागमतीमा कुन जिल्लाका कति विद्यार्थी ?
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार एसईइ परीक्षामा बागमती प्रदेशबाट १ लाख भन्दा धेरै विद्यार्थी सहभागी हुँदैछन्। जसमध्ये सबैभन्दा बढि काठमाडौँ जिल्लाका छन् भने सबैभन्दा कम रसुवा जिल्लाका रहेका छन्।
काठमाडौँमा ३९ हजार ७६१जना विद्यार्थीले एसईई परिक्षा सहभागी हुदैछन्।त्यस्तै सबैभन्दा कम रसुवामा ५३१ जना मात्रै सहभागी हुदैछन् । त्यस्तै उपत्यकाकै भक्तपुर जिल्लाबाट ६ हजार ६०७ र ललितपुरमा १० हजार ५३६ विद्यार्थी एसईईमा सहभागी हुदैछन् ।
त्यस्तै काभ्रेमा ६ हजार ३९३ सिन्धुपाल्चोकमा ३ हजार ४२८ नुवाकोटमा ४ हजार ६१३ धादिङमा ५ हजार ४७५ चितवनमा १२ हजार ३५३, रामेछापमा २ हजार ७८५ दोलखामा २ हजार ८६१ सिन्धुलीमा ३ हजार ४२८ र मकवानपुरमा ७ हजार ४५६ जना विद्यार्थीहरुले एसईई परिक्षामा सहभागी हुदैछन् ।
बागमती प्रदेशमा एसईई परिक्षाका लागि ४३८वटा परिक्षा केन्द्र छुट्टयाइएको छ। जसमा काठमाडौँमा १३६ वटा परिक्षा केन्द्र तोकिएको छ भने भक्तपुरमा २५ वटा, ललितपुरमा ४० वटा, काभ्रेमा ३४ वटा, सिन्धुपाल्चोकमा १९, नुवाकोटमा २१ वटा, रसुवामा ६ वटा, धादिङमा २४ वटा, मकवानपुरमा २८ वटा, चितवनमा४२ वटा, रामेछापमा १९ वटा, दोलखामा १७ वटा र सिन्धुलीमा २७ वटा परिक्षा केन्द्र छुट्टयाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष चितवनबाट सहभगी हुने १२ हजार ३६९ जना विद्यार्थीमध्ये नियमिततर्फ १० हजार ४४५, ग्रेडवृद्धितर्फ १ हजार ७४३ र प्राविधिकतर्फ १८१ जना रहेका छन् । चितवन जिल्लामा २४४ विद्यालयका ४२ वटा परीक्षा केन्द्र छुट्टयाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई भरतपुरका शाखा अधिकृत रमेश अधिकारीका अनुसार गत वर्ष चितवनबाट १० हजार ८५६ जना विद्यार्थी एसईई परिक्षामा सहभागी भएका थिए । जसमध्य नियमिततर्फ १० हजार ४७२, ग्रेडवृद्धितर्फ १३ र प्राविधिकतर्फ २५१ जना रहेका थिए।