मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झेर बस्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तब्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समय देखिको प्रेम सम्बन्धमा खटपट हुनेछ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) आफन्त तथा जीवन साथीसँग मनमुटाव सिर्जना हुने सम्भावना रहेकोछ, ध्यान दिनुहोला । माया प्रेममा मनमुटाव सिर्जना हुने तथा अग्रजसँग राय बाजिनेछ । सोख तथा विलाशिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । र, पनि अध्ययनमा मन जानेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा तय हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । सामाजिक क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने समय उत्तम रहेकोछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । पुरानो रोग तथा समस्याहरु स्वतः ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ । अदालतबाट आउने निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनाले मन प्रशन्न हुनेछ । साझपख सवारी साधनमा यात्रा गर्दा ध्यान दिनुहोला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला । अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलिक बढि नै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईंको कामदेखि सबै खुशी हुनेछन् । सवारी साधनको खरिद बिक्रीबाट आम्दानी बढ्नेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजबुद पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । विवादित विषयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । छोटो तथा रमालो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइ भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) गीत संगीत तथा मनोरञ्जन जस्ता क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । पुँजीबजारको लगानीबाट नाफा कमाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नि,नु ने,नो,या,यि,यु) नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई विस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ । यात्राको योग रहेकोछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) बिहानको समय उत्तम रहेकाले बित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । मध्यान्हबाट साथीभाइ तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । मध्यान्हबाट स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउन सक्छ, ध्यान दिनुहोला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सि,सु,से,सो,दा) व्यापारबाट आम्दानी हुनेछ । समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । रोजगारिको शिलशिलामा नयाँ गन्तब्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ ।
मीन (दि,,दु,थ,झ,ञ,दे,दो,चा,ची) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजमूलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा शरहका मानिसबाट विषेश सामान तथा उपहार प्राप्त हुने योग रहेकोछ । पढाइकै शिलशिलामा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक भइ रमाउने समय रहेकोछ । बिहानको समयमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।