चितवन । चितवनको राप्ती नगरपालिका वडा नं. १० चौघरा स्थित श्री राष्ट्रिय आधारभूत बिद्यालय चारकिल्लालाई मंगलवार शैक्षिक सामग्री सहयोग प्राप्त भएको छ ।
ग्रिन सोसाईटी नेपालले बिद्यालयमा पुगेरै सहयोग गरेको हो । संस्थाका कोडिनेटर श्रीलाल परियार, गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्यले राप्ती वडा नं.१० का वडा अध्यक्ष तेज वहादुर तामाङ र विद्यालयका प्राधानाध्यापक दशरथ तामाङलाई ट्याकसुट, ब्याडमिन्टन, भलिबल, फुटबल, कपी, कलम लगाएत बिद्यालय पोशाक र शैक्षिक सामग्री बितरण हस्तान्तरण गरेकाहुन् ।
नयाँ पोशाक, खेलकुद र शैक्षिक सामग्री पाएपछि बिद्यार्थी खुशी भएका छन् । बालबालिकाहरुको शैक्षिक गुणस्तर उकास्न बिद्यालय पोशाक शैक्षिक सामाग्री बितरण गरिएको कोडिनेटर परियारले जानकारी दिए । ग्रिन सोसाईटी नेपालले चितवनका पहाडी क्षेत्रका बालबालिकाको लागि विभिन्न किसिमका शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।कार्यक्रममा शिक्षक, शिक्षिका लगाएतको सहभागिता रहेको थियो ।