चितवन। सञ्चारिका समूह चितवनको अधिवेशनले गिता गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। सोमबार भरतपुरमा सम्पन्न अधिवेशनबाट आगामी २ वर्षका लागि १५ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आशा खरेल, सचिवमा शिला पाठक, सहसचिव सविता दराई तथा कोषाध्यक्षमा अस्मिता पराजुली चुनिएका छन्। यसैगरी सदस्यमा आश्मा राई, श्रीजा थापा, सविता महत्तो, पुनम थापा मगर, करिश्मा गुरुङ, यात्री छिदाल, संगिता बानियाँ, दिपा गौतम, दिप्ती वि.क., वन्दना देवकोटा रहेका छन्।
सञ्चारिका समूह चितवनका अध्यक्ष अजिता अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटनशत्रमा पत्रकार महासंघका उपाध्यक्ष दिपेन्द्र अधिकारी, शान्ता अधिकारी ‘ख’, पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरे, सञ्चारिका समूह चितवनका संस्थापक अध्यक्ष सृजना अर्याल, अग्रज पत्रकार शान्ता अधिकारी ‘क’ , प्रेस युनियन चितवनका उपाध्यक्ष सिन्धु ढकाल, प्रेस सेन्टर नेपाल चितवनका दिप्ती वि.क. , क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) चितवनका अध्यक्ष सरिता पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।