चितवन । भरतपुरस्थित ग्रीनल्यान्ड पब्लिक स्कुलको अन्तर प्रि स्कुल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । स्कुलको आयोजनामा आइतबार उक्त नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा ८ वटा प्रि स्कुलहरु सहभागी थिए । प्रतियोगितामा बकेना बाल बाटिका स्कुल प्रथम भएको छ । यस्तै स्मल हर्ट मन्टेश्वरी द्वितीय र किड्स वर्ल्ड मन्टेश्वरी तृतीय हुँदा ज्ञानज्योति बालबाटिका स्कुलले चौथो स्थान हासिल गरेको कार्यक्रम संयोजक सुरुचि कंडेलले जानकारी दिनुभयो । प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने स्कुललाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
स्कुलकी प्रिन्सिपल इन्दिरा कार्कीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिताले आयोजना गरिएको बताउनुभयो । यसले प्रतिभाको कलात्मक अभिव्यक्तिलाई अझ प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्कुलका भाईस प्रिन्सिपल उपेन्द्र आचार्यले नृत्यले विद्यार्थीहरुलाई शारीरिक तथा मानसिक समेत श्वस्थ राख्न सहयोग पुग्ने बताउनुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष मनोज भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।