चितवन । सूजन परिता एजुकेसन फाउन्डेसन (यु.एस.ए) नामककाे संस्थाले माडी मा.वि. बसन्तपुरमा अध्यनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच माडी माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यनरत २० जान गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई रु १ लाख ९९ हजार रुपैयाँ संयोजनको भूमिकामा रहनुभएका सो विद्यालयका पूर्व प्रधानध्यापक शशिधर बराल मार्फत हस्तान्तरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ ओझाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनु भएको थियो । विशिष्ठ अतिथिमा विद्यालयका पूर्व प्रधानध्यापक शशिधर बराल र वडा-३ का अध्यक्ष पुरन महतो, विद्यालयका सहायक प्रधानध्यापक चाेकलाल काफ्ले लगायत अन्य शिक्षक, शिक्षिका एबं विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।