उनीहरूले राजाको कविता लेखे
हामीलाई जनता मन पर्थे लेख्येोँ
तिनीहरूले राजालाई नदेखी
कति राम्रा हाम्रा राजा लेखे !
हामीले देखेका थियेोँ
सुन्दरीहरूको सेोन्दर्य बध
अदृष्य फुलुर्ङ भिराइएका मान्छेहरूको मुख
विवेकको सफ्टवेयर एसेप्ट नै नगर्ने
ओल्ड भर्सनको टाउको भएका
तक्मामा टाँसिएका
जन्तु जगत्का अजङ्गका टावर पर्सनालिटिजहरू
त्यसैले हामीले मानव स्वत्वमाथि हिंसा बोलेनेोँ
तिनीहरूको गीत लेखेर !
गङ्गालालहरूका रगतका फाल्साहरूलाई
स्वतन्त्रताका कर्णप्रिय गीतहरूलाई
अपमान गर्दै
करोडेों नेपालीहरूको क्रन्दनमा नाच्न रूचाउने
अमानुष उसलाई राम्रो लेखेनेोँ ।
घाटको सङ्गीतले आनन्दित बन्न नसकेकी निरीह सतीसरह
हामी जल्न तयार भएनेोँ
त्यसैले उनीहरू राष्ट्रवादी कवि भए हामी देशद्रोही !
हामी शोषित पीडितहरूलाई
गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ लेख्थ्येोँ
तिनीहरू कर्कसा स्वरलाई शब्दमा अनुवाद गर्थे
मानेों सेोतेनी आमा
भोकको शिकार भएर खुनखुनाइरहेको बालकलाई हप्काउँदै छे; खुरूक्क सुत् भन्दै ।
हामीले दबिएका मनहरू जगाउने खस्रा कविता लेख्येोँ
उता बस्ती जल्दाको सेोन्दर्य वर्णनमा
सुनजडी अलङ्कार छापेर काव्य लेखियो ।
त्यसैले,
हामीलाई नेल ठोकियो
उनीहरू साहित्य पद्मश्रीबाट विभूषित भए !
हाम्रो घाँटीमा तिहारको दिनमा पासो लगाइयो
उनीहरूका लासमाथि फूलमाला चढेछन् !
हाम्रो जिउँदो छातीमा अपमानको गोली दागियो
उनीहरूलाई मरेपछि सम्मानको सलामी मिलेछ !
हामी दबिएकाहरूको मन सल्काउन चाहन्थ्येोँ
तिनीहरू विप्लवको आगोमा मुत्ने गर्थे ।
हामी मान्छेको पसिनाको कविता लेख्थ्येोँ
उनीहरू पसिना चोरहरूको भजन गाउँथे !
हामी थरूनी काकीको हविगतको गीत लेख्थ्येोँ
तिनीहरू हँसुली, नितम्ब र पाँसुलाको गजल !
हामी माछा मार्ने मछुवारको कुरा गर्थ्येोँ
माछा खाने जालीहरूको गीत लेख्थे उनीहरू
परिस्थिति फेरिएछ
सिंहदरवारमा सिंह फेरिएछन्
तर सिकार फेरिएनछ ।
सत्ता र शक्तिमा मान्छे फेरिएछन्
तर मति फेरिएनछ !
उनीहरूले र्यालले लेख्थे
हामी रगतले लेख्थ्येोँ
शासकहरू हामीलाई देशद्रोही भन्थे
राष्ट्रवादी कहलिन्थे तिनीहरू !
उनीहरू शासकहरूका कवि थिए
जनता हामीलाई कवि भन्थे
त्यसैले आज
शासकहरू तिनका भए
हामी देशद्रोही !
मिल्छ भने हाम्रो पुत्ला बनाइयोस्
टुँडिखेलको सैनिकमञ्चमा
भव्य सभा गरियोस्
र
सेनाधिपतिको हातबाट देशद्रोहीको पुत्ला दहन् होस् !
सरकार; हाम्रो माग : पूरा गर !
देशद्रोही कविको माग पत्र :

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु