चितवन । राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरविरुद्व ५-० को फराकिलो जित निकालेको हो ।
उसको जितमा प्रतिक्षा मल्ल ठकुरीले ३१ र ७४ औं मिेनेटमा २ तथा सुशिला भुजेलले ४४ र ५१ औं मिनेटमा २ गोल गरिन् । अर्को एक गोल मिनमाया श्रेष्ठले ३४ औं मिनेटमा गरिन् । दुई गोल गरेकी सुशिला प्लेयर अफ दि म्याच भईन् । उनले १० हजार प्राप्त गरिन् । त्यस अघि प्रतियोगिताको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी थिईन् ।
प्रतियोगितामा भोलि आईतबार नेपाल पुलिस क्लब र रौतहट भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु प्रतियोगितामा ८ टोली सहभागि छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।