चितवन । नेकपा (एमाले)का नेता राम बहादुर थापा (बादल)ले आफु राष्ट्रियताको लाईनमा भए पनि पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रियताको लाईन छोडेको बताएका छन् ।
आज प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले पुष्पकमल दाहालले पार्टीको, राष्ट्रियताको, लोकतन्त्रको र समाजवादको लाईन छोडेर नयाँ गुट स्थापना गरेको आरोप लगाएका हुन् ।
प्रचण्डले तपाईको नाम नै लिन चाहान्न भन्नु भएको छ , तपाईहरुको विच व्यत्तिगत छलफल हुन्छ की हुदैन ? भन्ने प्रश्नमा ,बादलले त्यस्तो केही छलफल नभएको बताए ।
दाहालले दक्षिण पन्ती बिचलन तर्फ र गैर राजनैतिक शक्ति तर्फ ढल्कदै एउटा कम्र्फटेबल सरकार गठन गरेर लोकतन्त्र, राष्ट्रिय एकता, समाजवाद र समिृद्धिको मार्गमा नयाँ चुनैति खडा गरेको बादलको आरोप छ ।
तपाईले पनि एउटा पार्टीको लाईन छोडेर अर्को पार्टिमा आउनु भएको छ नि ?भन्ने प्रश्नमा लाईन भनेको के हो ? भन्दै प्रश्न गरेर, लाईन भनेको राष्ट्रियता, समाजवाद , समृद्धि भएको प्रष्ट पार्दै आफुले राष्ट्रियताको लाईन नछोडेको र उल्टै प्रचण्डले राष्ट्रियताको लाईन छोडेको आरोप लगाए ।
कम्र्फटेबल सरकारको गृह मन्त्रालयले अस्ती भर्खरै कसैले पनि मित्र राष्ट्रहरुको बिरुद्धमा आँच आउने कुनै पनि अभिव्यक्ति बिरोधहरु गर्न नपाउने लिपियाधुराको बिषयलाई लिएर होस् वा चाँहे एमसिसिको बिषयलाई लिएर होस् बिरोध गर्न नपाउने आदेश दिएको बताउद,ै त्यो भनेको सरकारको राष्ट्रिय बिरोधी, लोकतन्त्र बिरोधी निर्णय भएको पनि बताए ।
अस्ति भर्खरै अर्थ मन्त्रालयले विज्ञप्ती जारी गर्दै अब आय स्रोत खुलाउन नपर्ने भनेकोे (कालो धन खुलाउन नपर्ने) बताउँदै, सरकारले राष्ट्र पुँजीको संरक्षण गर्ने भन्दा पनि कालो पुँजीको संरक्षण गर्ने गरेको ठाडो आरोप लगाउँदै , यो सरकारले कसको सेवा गरेको छ ? भनेर प्रश्न गरे ।