चितवन । भरतपुर महानगरपालिकाको पूर्ण खोप अभियानलाई सार्थक बनाउन महानगरभित्रका सबै वडाहरुमा पूर्ण खोप सुनिश्चित अभियान सञ्चालन भईरहेको छ ।
भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखाले सवै वडाहरुमा ५ वर्षमुनिकाबालवालिकाले पाउनुपर्ने खोप पाएनपाएको ?नपाएको भए कारण सहितविवरण संकलनको काम गरिरहेको छ ।
महानगरभित्रका ३४ वटा स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविकाको अगुवाईमा यो अभियान संचालन भईरहेको स्वास्थ्यशाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो । ५ वर्षमुनिका बालवालिका भएका घरहरु पहचिान गरी प्रत्येक घरधुरीमै स्वास्थ्यकर्मी उपस्थित भएर विवरण संकलन र सर्वेक्षण पश्चातखोप लगाउने कार्य सञ्चालनगर्ने सुवेदीले बताउनुभयो । सर्वेक्षणको काम फागुन महिना भरमा सकिने र लगत्तै छुटेकालाई खोप लगाइने छ ।
बच्चा जन्मेको ५ वषै भित्र क्षयरोग,भ्यागुतेरोग,धनुष्टंकार,लहरेखोकी,पोलियो,निमोनिया,दादुरा,रुवेला,जापानिज इन्सेफ्लाईटिस,झाडापखाला,टाईफाईड लगायतको विरुद्धका ९ प्रकारका खोप लागाउनुपर्ने हुन्छ । भरतपुर महानगर भित्र करिव १४ हजार बालवालिकाको घरघरमा गई खोप लगाउनु छुटे नछुटेको पत्ता लगाउन खोप अभियान शुरु गरिएको जनस्वास्थ्य अधिकृत केशवभट्टले जानकारी दिनुभयो ।
खोपलगाउन छुटेका परिवारले स्वयम् पनि चनाखो भई महानगरपालिकाको स्वास्थ्यशाखा वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी नाम टिपाउनुहुन र सहजिकरण गर्नुहुननगरवासीलाई उहाले आग्रह समेत गर्नुभयो । छुटेका सबै बालवालिकालाई खोप लगाउने र आगामी बैशाखमा भरतपुर महानगरलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गर्ने तयारीमा महानगरपालिका लागिपरेको छ ।
महानगरका बासिन्दा पूर्णस्वास्थ्य रहुन् भन्ने अभियानका लागि बालवालिकाको खोप अभियान संञ्चालन गरिएको र जनस्वाथ्यका हरेका विषय प्राथमिकतामा राखेर काम गरिरहेको स्वास्थ्यशाखा प्रमुख दिपक सुवेदीको भनाई छ ।