चितवन । प्रथम मिन्नानो वडा नम्बर ११ टोल स्तरीय भेट्रान्स ८ ए साइड फुटबल प्रतियोगिताको उपाधि सिद्धार्थ टोल बिकास संस्थाले जितेको छ । युनिक क्लब बसेनीको मैदानमा आज सम्पन्न फाइनलमा निलगिरी टोललाई हराउँदै सिद्धार्थ च्याम्पियन बनेको हो ।
फाइनलमा सिद्धार्थ ६-० ले विजयी भयो । विजेता सिद्धार्थले ५० किलोको खसी प्राप्त गरेको छ । उपविजेता निलगिरीले २५ किलोको खसी प्राप्त गरेको छ । सिद्धार्थका सुरेश श्रेष्ठ प्रतियोगिताभरतको उत्कृष्ट खेलाडी भए । उनले ३ हजार रुपैयाँ प्राप्त गरे ।
सुरेश नै सर्वाधिक गोलकर्ता पनि बने । सिद्धार्थका उमेश कार्की उत्कृष्ट गोलरक्षक, कैलाश टोलका दीपक गुरुङ उत्कृष्ट मिड फिल्डर, निलगिरीका सचिन अधिकारी उत्कृष्ट डिफेन्डर तथा सिद्धार्थका राहत गुरुङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरुले जनही २ हजार रुपैयाँ प्राप्त गरे ।
युनिक क्लब बसेनी र एभरेष्ट क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १७ टोल सहभागी थिए ।