चितवन । नेपाली काँग्रेस खैरहनी नगर सभापतिमा दोस्रो कार्यकालको लागि शशी कुमार खनियाले उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार खैरहनीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी खनियाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आगामी निर्वाचनमा काँग्रेससलाई जिताउनको लागि आफुले दोस्रो कार्यकालको लागि सभापति पदमा उम्मेदवारी दिएको उनले बताए । घोषणा सभामा उनले गएको स्थानीय तहको चुनावमा पार्टीले भोगेको हारबाट पाठ सिक्दै आगामी निर्वाचनमा पार्टीले अघि सारेका उम्मेदवारलाई विजय गराउने प्रतिबद्धता जनाए ।
खनियाको प्यानलबाट उपसभापतिमा प्रेम प्रसाद रेग्मी र विक्रम पंजियार महतो,सचिवमा अनुप अधिकारी र बुद्धिराज विश्रवाल(शुशिल), सह सचिवमा राजेन्द्र रिजाल र शम्भुप्रसाद अर्याल र कोषाध्यक्षमा मिरा चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । नगर अधिबेशनमा वडागत रुपमा निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी २९२ जनाले मतदान गर्ने छन् ।