चितवन । पूर्वीचितवनको खैरहनीमा असोज ९ गतेदेखि जिल्ला स्तरीय स्वर्णकप फुटबल प्रतियोगिता हुने भएको छ ।
युवा स्वर्ण तारा क्लबको आयोजनामा स्वर्गीय डिल्लीराम अधिकारीको सम्झनामा स्वर्णकप फुटबल खेलको आयोजना गर्न लागिएको हो । आज (बुधबार ) पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे क्लवका अध्यक्ष मनोज खड्गीले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै
अध्यक्ष खड्गीले असोज ९ गतेदेखि सुरु हुने प्रतियोगितामा जिल्लाका १४ टिम सहभागी हुने बताए । उनका अनुसार प्रतियोगिताको विजेताले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी तथा उपविजेताले नगद ३५ हजार रुपैयाँसँगै ट्रफी प्राप्त गर्नेछन । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य मापदण्ड पालना गरेर प्रतियोगिता गराईने खड्गीले बताए ।
प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबवका सचिब सागर अधिकारीले बताए । प्रतियोगिता हेर्न आउनेका लागि ३० रुपैयाँ प्रवेश शुल्कको ब्यवस्था गरिएको छ ।
विसं २०४१ सालमा स्थापना भएको युवा स्वर्ण तारा क्लबले खेलकुद बाहेक सामाजिक काम समेत गर्दै आएको छ । कार्यक्रममा स्वर्गीय डिल्लीराम अधिकारीका छोराछोरी, फुटबलका पूर्वराष्ट्रिय खेलाडी छन्नुराम चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण क्लवका सचिब सागर अधिकारीले गरेका थिए ।