वीरगञ्ज । सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको रु ५० लाख ९३ हजार सात सय मूल्य बराबरका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको टोलीले आज वीरगञ्ज महानगर–१० स्थित आर्दशनगरमा भन्सार छली गरेर ल्याइ गोदाममा राखेको सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी नरेन्द्रसिंह धामीले सशस्त्र प्रहरीले नियमित रुपमा निगरानी गरी भन्सार छलीका सामान बरामद गर्दै आइरहेको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीका अनुसार बरामद सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ ।