चितवन । सिजी मोटर्सले चितवनको नारायणघाटमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकल सार्वजनिक एवम् बिक्री शुभारम्भ गरेको छ । मोटर्सले हिरो कम्पनीका एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय बिक्री शुभारम्भ गरेको हो ।
सिजी मोटर्सको आधिकारिक बिक्रेता यूरो मोटर्स प्रालिले आइतबार नारायणी नदी किनारमा दुवै बाइक सार्वजनिक गरेको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्मालगायतले मोटरसाइकलको सार्वजनिक गरेका थिए । कार्यक्रममा गायक निशान भट्टराई लगायत अन्य कलाकारहरुको प्रस्तुती रहेको थियो ।
आइतबार सार्वजनिक गरिएको एक्स्ट्रिम १६० आर फोरभी (प्रो)को मूल्य रु. तीन लाख ८४ हजार नौ सय नौ सय तथा एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएम मेरियन्टका लागि रु. दुई लाख ८९ हजार नौ सय एवम् एबीएस भेरियन्टका लागि रु. तीन लाख ११ हजार नौ सय तोकिएको छ । सन् २०१४ मा नेपाल प्रवेश गरेको हिरो मोटोकर्पले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ ।
एक्ट्रिम १६० जार फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पु¥याउँदै १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले आठ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्ने जनाइएको छ । १४५ किलो तौल भएको मोटरसाइकलमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरुमा समेत कर्नरिङमा सहजता प्रदान गर्ने जनाइएको छ ।
एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्ने बताइएको छ । एक्स्ट्रिम १२५ मा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक र हाजार्ड लाइट जस्ता सुविधाहरु समावेश गरिएका बताइएको छ ।
फायरस्टोर्म रेड, कोबाल्ट ब्लू, र स्टालियन ब्याक जस्ता आकर्षक रडका विकल्पहरुमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरु र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरहरुको ध्यानाकर्षित गर्नमा कम्पनी विश्वस्त रहेको छ ।