म्याग्दी। म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बेनी नगरपालिका-६ चुत्रेनीमा ग १ क ५७३५ नम्बरको टिपरले ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मंगला गाउँपालिका-३ बरंजा बस्ने ४६ वर्षीय थम बहादुर रोकाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुन्धान गरिरहेको जनाएको छ ।