चितवन । कोरोनाका कारण बन्द गरिएको पटिहानी स्थित अम्ब्रेला स्ट्रिट असोजको दोस्रो साताबाट खोल्ने तयारी गरिएको छ । निशेधाज्ञा खुकुलो भएसंँगै देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेपछि अम्ब्रेला स्ट्रिट पनि पुनः सञ्चालनमा ल्याउन लागिएको हो ।।
कोरोना माहामारीका कारण आन्तरिक पर्यटकहरुलाई घुम्न तथा मनोरञ्जन दिलाउने उद्धेश्यसहित साथ पुनः संचालनको तयारी गरिएको अम्ब्रेला स्ट्रिट सञ्चालन तथा व्यस्थापन समितिले जानकारी दिएको छ ।
चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्नेवडा.नं २२ पटिहानीअन्र्तगत संचालित अम्ब्रेला स्ट्रिट केही समयअघि देखि कोभिड–१९ तथा यस्का नयाँ भेरियण्टहरुको कारण बन्द गरिएको थियो । संक्रमणको जोखिम कम भएपनि सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भरतपुर महानगरले सञ्चालन गर्न आदेश दिएको छ । वडा कार्यालय र समितिको समन्वयमा दोस्रो साता देखि अम्ब्रेला स्ट्रिीट सञ्चालन गर्न लागिएको हो ।
घुम्न आउन चाहने बाह्य तथा आन्तरिक पर्यटककको लार्गि अम्रेला स्ट्रिट चाडैँ संचालनमा ल्याउन लागिएको भरतपुर महानगरका राजस्व प्रमुख बिसुराम कुँवरले बताए । अम्ब्रेला स्ट्रिट सञ्चालनको छोटो समयमै पर्यटककको आकर्षण बढेकाले राजस्व संकलनमा पनि निकै महत्वपुर्ण भुमिका खेलेको कुंँवरले जानकारी दिए । महानगरको निणर्य अनुसार असोज १ गते देखि नै संचालनमा ल्याउनु पर्नेमा प्राविधिक कारण हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उनको भनाई छ । कुँवरका अनुसार स्ट्रीटमा केही मर्मत संभार, रंग रोगन गर्नुपर्ने र केही रंग काठमाडौँबाट ल्याउनु पर्ने भएकाले सञ्चालनमा ल्याउन समय लागेको हो । महानगरलाई स्थानियको साथ र सहयोग रहँदै आएको भन्दै उनले सञ्चालनमा आएपछि रोजगारी अभिवृद्धि हुनुका साथै यस वरपरका होटल रेष्टुरेण्टमा पनि चहलपहल बढ्ने बताए ।
अम्ब्रेला स्ट्रिट संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ तिवारीले अधिकांश छाता पुरानो र फेर्नु पर्ने भएको र छाता आउन समय लागेकोले सञ्चालनमा समय लागेको बताए । महानगरले पठाएको पत्रमा खोल्न आदेशमात्र दिएको तर मिति नतोकेकोले कहिलेदेखि खोल्ने भन्ने बिषयमा आफूहरु अन्यौलमा परेको उनले बताए ।
कोरोना कहर अघि दैनिक सयौँको संख्यामा पर्यटक आउने गरेपनि हाल बन्दका कारण पर्यटक नआउंँदा अम्ब्रेला स्ट्रिट सुनसान भएकोस्थानिय राम चन्द्र पौडेल बताउंँछन । “१५ गतेबाट खुल्ने हल्ला त छ । तर खुल्छ कि खुल्दैन भन्न सकिदैन, उनले भने खुले देखि त व्यापार व्यवसाय नि राम्रो हुन्थ्यो नि ।”
रंग लगाउने काम सुरु भैसकेको र महानगर र अम्ब्रेल ला स्ट्रिट संचालन तथा व्यवस्थापन समितिसँग निर्देशन बमोजिम वडाले समन्वय गर्दै आएको वडा सचिव नवराज खनालले बताए ।
कोरोनाले थलिएको पर्यटनलाई विस्तारै पूर्ववत् अवस्थामा फर्काउन स्वास्थ्य मापदण्डसहित अम्रेला स्ट्रिट संचालनमा ल्याउने महानगरको तयारी रहेको वडा नम्बर २२ का कार्यबाहक अध्यक्ष सोम बहादुर गुरुङले जानकारी दिए ।