चितवन। चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप सुरु भएको छ । आज (शनिबार) बाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा आँबुखैरेनी गाउँपालिका विजयी भएको छ । आँबुखैरेनीले पेन्गुईन् भरतपुर २४ लाई ३-२ ले हराएको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा आँबुखैरेनीलाई जिताउन योमी फाकुमे, शन्त बहादुर गुरुङ र आकाश थापाले गोल गरे । भरतपुर २४ का गणेश हमाल र आशिष तामाङले गोल गरे पनि हार टार्न सकेनन् । आँबुखैरेनीका कप्तान शान्त प्लेयर अफ दि म्याच भए ।
यो जितपछि आँबुखैरेनी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा आइतबार बागमती युथ क्लब सर्लाही र सूर्यपुर एफसी कालिका भिड्नेछन् । १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी छन् ।