चितवन । चितवन जिल्लामा साँझको समयमा धेरै सवारी साधन दुर्घटनामा पर्ने गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका अनुसार बिहान, दिउँसो र बेलुकाको समयमा भन्दा साँझको समयमा सवारी दुर्घटना धेरै हुने गरेको पाइएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी निरिक्षक गायत्रीराज शर्माका अनुसार दुर्घटनामा सबै भन्दा बढि २५ वर्ष भन्दा बढि उमेर समुहका मानिसले ज्यान गुमाएका छन् । शर्माका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा जिल्लाभर ४ सय ३ सवारी साधन दुर्घटनामा परेका छन् ।
सवारी साधन अनुसार हेर्ने हो भने मृत्यु हुनेहरुमा १४ पैदलयत्री, ट्रक /टेकर ७ , बस १ , जिपकार ७ , टेम्पो १, मोटरसाइकल २९ र शारिरिक शक्ति बाट चल्ने ५ जना रहेका छन्।
जसमा बिहानको समयमा ७६ , दिउँसोको समयमा १ सय ३० , साँझको समयमा १ सय ६९ र बेलुकीको समयमा २८ सवारी साधन दुर्घटनामा परेका छन् ।
मृत्यु हुनेहरुमा ६ देखि १६ वर्ष उमेर समुहका १ जना, १६ देखि २५ वर्ष उमेर समुहका ९ जना र २५ वर्ष भन्दा माथि उमेर समुहका ५३ जना रहेका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा ४ सय ४५ सवारी साधन दुर्घटनामा पर्दा १ सय १५ जनाको मृत्यु भएको थियोे । गत वर्ष पनि बिहानको समयमा ९५ ,दिउँसोको समयमा १ सय १९ , साँझमा १ सय ८१ र रातिको समयमा ५० सवारी दुर्घटनामा परेका थिए ।
मृत्यु हुनेहरुमा पैदलयात्री २९ , ट्रक /टेकर २ , बस ७, माईक्रो १, जिपकार ११ , ट्रयाक्टर २ , टेम्पो १, मोटरसाइकल ५० शारिरिक शक्ति १० र अन्य २ जना रहेका छन्।
जसमध्ये ६ वर्ष मुनीको १ जना, ६ देखि १६ उमेर समुहका ३ जना, १६ देखि २५ उमेर समुहका १८ जना र २५ भन्दा माथि उमेर समुहका ९३ जना रहेका छन् ।
त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३ सय ३ सवारी दुर्घटना परेका थिए । बिहानको समयमा ६३ , दिउँसोको समयमा ११० , साँझको समयमा १०३ र बेलुकीको समयमा २७ सवारी दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरुमा १६ जना पैदलयात्री, ट्रक /टेकर १, टिपर १ , माईक्रो २ , जिपकार ३ , ट्रयाक्टर ३ , टेम्पो ३ , मोटरसाइकल ४३ शारिरिक शक्ति बाट चल्ने ४ र अन्य २ जना रहेका छन्।
जसमध्ये ६ वर्ष मुनीका ३ जना, ६ देखि १६ उमेर समुहका १ जना, १६ देखि २५ उमेर समुहका १९ जना र २५ भन्दा माथि उमेर समुहका ५५ जना रहेका छन् ।
खासगरि चितवनमा ठुला ठुला र फराकिलो सडक निर्माण भए पछि झन बढि चालकको लापरबाही र तीब्रगतिमा सवारी चलाउने क्रम बढ्दै जादा दुर्घटनाको सङ्ख्या पनि बढ्दै गएको प्रहरी सहायक हवल्दार धनश्याम चौधरीले बताए ।उनका अनुसार हाईवेमा भन्दा भित्री सडकमा बढि दुर्घटना हुने गरेको छ । चौधरीका अनुसार २० देखि २५ प्रतिशत पैदल यात्रुको लापरबाहीले दुर्घटना हुने गरेको छ।