चितवन । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका वडा नं. ३,४ र खैरहनी नगरपालिका वडा नं. ५ काे सिमानामा पर्ने बुढी राप्ती नदी किनारमा एक पुरूषकाे शव फेला परेकाेछ ।
खाेलामा डुबेकाे अवस्थामा रत्ननगर वडा नं. ४ का ५८ वर्षीय फडिन्द्र अधिकारीकाे शव फेला परेकाे ईलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएकाे छ ।दुई दिन अगाडि छाेरीकाे घर खैरहनी नगरपालिका वडा नं. १ तरकारी चाेक गएका अधिकारी फर्किने क्रममा बेपत्ता भएका थिए । उनकाे शव पानीमा डुबेकाे अवस्थामा आइतवार दिउँसाे साढे २ बजे फेला पारेकाे प्रहरीले जनाएकाेछ ।
थप अनुसन्धानका लागि शवको पोष्टमार्टमको लागि भरतपुरकाे सरकारी अस्पताल पठाईएकाे ईलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ ।