चितवन । रत्ननगर नगरपालिका वडा नं २ स्थित नेपाल नमुना माविले रनिङशिल्ड जितेकाे छ ।
रत्ननगर नगरपालिकाले वडा नं ८ बाघमरा खेलमैदानमा आयाेजना गरेकाे छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा प्रथम हुँदै रनिङशिल्ड जितेकाे हाे । १७ वटा विधामा भएकाे विभिन्न प्रतियाेगितामा ११ संवरण, ८ रजत र १४ कास्य पदक जितेर नेपाल मावि प्रथम भएकाे नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले जानकारी दिए ।
प्रतियाेगितामा ७ स्वर्ण, ६ रजत र ७ कास्य पदक जितेर स्काइराइडर आवासीय मावि द्धितीय, ७ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेर प्यारागत आमावि तृतीय,७ संवरण, २ रजत र ४ कास्य पदक जितेर बैरिया मावि चाैँथाे र ६ स्वर्ण, १२ रजत र ४ कास्य पदक जितेर जनजागृति मावि पाँचाै भएकाे छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटा, सामाजिक विकास समितिका संयाेजक बालकृष्ण चापागाईँ, वडा नं ६ का वडाध्यक्ष किरण महताे लगायतले खेलाडीहरुलाई शिल्ड मेडल र पदक हस्तान्तरण गरेका थिए । साे अबसरमा मेयर सापकाेटाले खेलकुदकाे विकासकाे लागि स्थानीय सरकारले आवश्यक लगानी गरेकाे बताए । खेलकुदले मानिसलाई अनुसाशित गराउने उनकाे भनाई छ ।
समापन कार्यक्रम खेलकुद विकास समितिका संयाेजक कृष्ण चाैधरीकाे अध्यक्षतामा भएकाे थियाे । विभिन्न प्रतियाेगितामा नगर भित्रका २७ विद्यालयका एक हजार बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । रनिङशिल्ड प्रतियाेगिता अन्तर्गत भलिवल, कवडी, तेक्वान्दाे, कराते, दाैड, रिले दाैड, हाईजम,लम्जम, त्रिपलजम,ज्याब्लिङ थ्राे, सटफुट खेल भएका थिए ।कार्यक्रम शिक्षा अधिकृत सुमन सिलवालले सञ्चालन गरेकी थिइन् ।