काठमाडौं। काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ। बुधबार त्रिपाठिमाथि अदालत गेट बाहिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कार्यकर्ताले हातपात गरेका हुन्।
जाहेरवालाको तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीमाथि अदालत बाहिर बसेका रवि लामिछानेका समर्थकले कुटपिट गरेका थिए।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेविरूद्धको मुद्दामा त्रिपाठीले जाहेरवालाको तर्फबाट बहस गरेका छन्।
सो मुद्दामा आज थुनछेक आदेश आउँदै छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश सुनाउन लागेको छ। आइतबारदेखि चलेको बयान र बहसपछि आज आदेश सुनाउन लागिएको हो। आदेश आउने भएपछि रास्वपाका नेता कार्यकर्ता पनि अदालत पुगेका छन्।