चितवन। नेपाल बुद्धिजीवी सङ्गठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल चयन भएका छन् । मङ्गलबार कुरिनटारमा भएको पालिका सम्मेलनबाट पोखरेल पुन: अध्यक्षमा चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा रामनाथ त्रिपाठी र सावित्री खनाल,सचिवमा हिरालाल गुरुङ,कोषाध्यक्षमा दिपेन्द्र लम्साल र सहसचिवमा रामजी त्रिपाठी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विष्णु अर्याल,शेर बहादुर गुरुङ ,उदिष्ठ नारायण सिंह, जानकी चेपाङ र चन्द्र कुमारी गुरुङ चयन भएका छन् ।संगठनका अध्यक्ष श्रीरेन्द्र प्रकाश पोखरेलको अध्यक्षता तथा नेकपा माओेवादी केन्द्र इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख आतिथ्यतामा सम्मेलन भएको थियो ।
नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष रामहरि कँडेलको विशिष्ट आतिथ्यता तथा नेपाल बुद्धिजिवी सङ्गठनका जिल्ला संयोजक प्रा. विनोदखण्ड तिमिल्सिना र सचिव गोकर्ण सापकोटा तथा पालिका इन्चार्ज इश्वरविलास अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।