चितवन । पूर्वी चितवनकाे राप्ती नगरपालिका वडा नं १ लाेथर स्थित राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा पच्चिस लाख दीप प्रज्वलन हुने भएकाे छ । मन्दिर व्यवस्थापन समिति तथा महायज्ञ मुल समाराेह समितिले महायज्ञ आयाेजना गर्नुकाे उद्देश्य र तयारीका बारेमा जानकारी गराएकाे हाे ।
मन्दिरकाे सत्तल निर्माण, कम्पाउण्ड सहित भाैतिक संरचना निर्माणकाे लागि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयाेजना गरिएकाे महायज्ञ मुल समाराेह समितिका संयाेजक भवनाथ सापकाेटाले बताए । माघ १० गते सम्म सञ्चालन हुने महायज्ञमा पण्डित पशुराम पाण्डे कथाबाचन गर्ने छन् । भाैतिक संरचना निर्माण गरेर मन्दिरकाे स्तराेन्नती गर्न महायज्ञ आयाेजना गरिएकाे सचिवालय संयाेजक नवीन पराजुलीले बताए ।
महायज्ञकाे पूर्वसन्ध्यामा बुधबार मनहरि देखि खुरखुरे सम्म माेटरसाइकल र्याली निकालिने छ । महायज्ञलाई भब्य बनाउन एक घर एक निमन्त्रणा कार्ड पठाइएकाे छ । धर्मसंस्कृतिकाे संरक्षण र मन्दिरकाे प्रचार प्रसारकाे लागि महायज्ञ मुल समाराेह समितिका सचिव दिनानाथ भट्टले जानकारी दिए । महायज्ञकाे वागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद जगन्नाथ थपिलयाले उद्घाटन गर्ने छन् । ५० लाख संकलन गर्ने लक्ष्य रहेकाे महायज्ञमा ६ लाख खर्च हुने अनुमान गरिएकाे छ । साे मन्दिर २०५६/५/१० गते स्थापना भएकाे हाे ।