चितवन । रत्ननगर नगरपालिकाको नगरसभाको १६औँ अधिवेशनले आर्थिक वर्ष २०८१/०८२ को ११ वटा ऐन, विधेयक, कार्यविधि तथा प्रतिवेदन पारित गरेको छ ।
नगरप्रमुख प्रलाद सापकोटाको सभाअध्यक्षतामा सम्पन्न सभाले आर्थिक ऐन २०८१/०८२ को पहिलो संशोधन प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
यस्तै, विनियोजन ऐन २०८१/०८२ को संशोधन प्रस्ताव पारित गर्दै एक करोड ५२ लाख रुपैयाँ चालूमा रहेको रकम पुँजीगतमा रकमान्तर गरिएको छ ।
यस्तै, नगरस्तरीय समिति पुनर्गठन–२०८१ प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको छ ।
नगरसभामा अनुगमन समितिको प्रतिवेदन पनि सर्वसम्मतरुपमा पारित भएको छ ।
यस्तै, वन्यजन्तुको पर्यटकीय राजधानी घोषणासम्बन्धी प्रस्ताव–२०८१ सर्वसम्मत पारित भएको छ भने सार्वजनिक निजी साझेदारीसम्बन्धी संशोधन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।
यस्तै, सुशासन समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र नगरसभागृह सञ्चालनसम्बन्धी कार्यविधि–२०८१ सर्वसम्मत पारित भएको छ ।
यसैगरी, ओ एण्ड एम सर्वेक्षण प्रतिवेदन–२०८० को संशोधन प्रस्ताव पनि सर्वसम्मतबाट पारित भएको छ ।
नगरसभामा नगरप्रमुख प्रलाद सापकोटाले जिम्मेवार र जवाफदेही जनप्रतिनिधिका रुपमा सबैले आआफ्नो भूमिका र अधिकार प्रयोग गर्न सुझाव दिए ।
नगर प्रवक्ता कुलप्रसाद सापकोटाले रत्ननगर नगरपालिकाले पारित गरेका सबै निर्णयहरु सार्वजनिक गर्दै नगरसभा भव्य र सभ्यरुपमा सम्पन्न भएको जानकारी दिए ।
रत्ननगर नगरपालिकाको नगरसभामा ११ विधेयक पारित
रत्ननगर नगरपालिकाको नगरसभामा ११ विधेयक पारित
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु