चितवन । रत्ननगर उद्योग वाणिज्य संघले दुई अस्पताल सहित रत्ननगरका मुख्य बजारमा डस्टविन राखेकाे छ । संघले सामाजिक उत्तरदायित्व बहन गर्दै रत्ननगर अस्पताल, आयुर्वेदिक अस्पताल सहित टाँडी बजार क्षेत्रमा डस्टविन राखेकाे हाे ।
फाेहाेर व्यवस्थापनकाे कामलाई थप प्रभावकारी बनाउनका लागि संघले स्तरीय २० वटा डस्टविन राखेकाे संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । टाँडी बजारमा आयाेजित एक औपचारिक कार्यक्रम मेयर प्रलाद सापकाेटा, वडा नं २ का वडाध्यक्ष तथा बजार व्यवस्थापन समितिका संयाेजक राजेन्द्र घिमिरेकाे उपस्थितिका डस्टविन राखिएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि मेयर सापकाेटाले स्थानीय सरकार र निजी क्षेत्र बीचकाे सहकार्यले मात्र विकास अपेक्षा पूरा हुने भन्दै नगरकाे विकासकाे लागि साझा धारणा आवश्यक रहेकाे बताए ।
फाेहाेर व्यवस्थापन सहित कर संकलन तथा व्यवस्थापनमा उवासंघसंग सहकार्य गरेर अगाडि बढ्ने मेयर सापकाेटाकाे भनाई छ । उनले नगरपालिका र उवासंघकाे सहकार्यमा बजार क्षेत्रमा थप डस्टविन राख्ने बताए । वडा नं २ का वडाध्यक्ष घिमिरेले रत्ननगरकाे फाेहाेर व्यवस्थापन गरि बजार क्षेत्रलाई सुन्दर बनाउन उवासंघसंग सहकार्य गरेर काम गर्ने बताए ।
संघका अध्यक्ष गिरीले पर्यटकीय नगरी साैराहामा समेत डस्टविन राख्ने बताए । अध्यक्ष गिरीले व्यवसायीलाई करकाे दायरामा ल्याउन उवासंघले सहजीकरण गर्ने र नगरपालिकाले व्यवसायीलाई दिने सेवा सुविधा उपलब्ध गराउनु पर्नेमा जाेड दिए ।
सो कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष निराजन खनाल सहित पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्ष, रत्ननगर नगरपालिका वडा नं.२ का वडा सदस्य रमा भट्टराई र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले कार्यक्रम संचालन गरेका थिए ।