चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १८ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव सकिएको छ ।
सासंद हरि ढकाल एक समारोहका विच महोत्सवको समापन गरेका थिए । सो अवसरमा बोल्दै हात्तीलाई निकुञ्जको घाँस खुवाउन आफू गम्भीर भएर लागेको बताए । उनले सौराहको पर्यटन क्षेत्रको समस्यामा समाधान गर्न जहिले पनि आफू कटिबद्ध रहेको स्पट पारेका छन।
कार्यक्रममा क्षेत्रिय होटल संघका पूर्व अध्यक्ष हरिभक्त घिमिरे जनावरवादी जहिले पनि महोत्सवको वेला मात्र हात्ती बारे चिन्ता गर्नु दुखद भएको बताउदैं हात्तीलाई निकुञ्ज घाँस खुवाउन पहल गर्न आग्रह गरेका छन् ।
महोत्सवका संयोजक रामकुमार अर्यालले हात्ती महोत्सवले पर्यटन प्रर्वद्धनमा ठूलो भूमिका खेलेको बताए ।
पुष ११ गतेदेखी ५ गतेसम्म आयोजित महोत्सवको महोत्सवमा आन्तरिकसँगै बाह्य पर्यटक गरि ३५ हजार बढी पर्यटक सौराहामा भित्रिएको क्षेत्रिय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।
विविध जातजाति र सांस्कृतिको धनी सौराहामा वर्षेनी हजारौँको संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।
विश्वकै चर्चित चितवन राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती र अन्य जंगली जनावर अवलोकनका लागी विशेष गरी पर्यटकहरु सौराहा आउने गरेका छन् । आन्तरिक तथा विदेशी पर्यटन प्र्रबद्धन गर्ने उद्देश्य सहित सौराहाका होटल व्यवसायीहरुले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
सौराहामा दुई दशकअघिदेखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहासहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको महासचिव गुणराज थपलियाले बताए ।
हात्ती महोत्सवअन्तर्गत हात्तीको श्रृङ्गार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग विटुवि. गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्र्रिया कार्यक्रम भएको संघका महासचिव थपलियाले जानकारी दिए । महोत्सवको विभिन्न गतिविधिमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी भएका थिए ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो हात्ती महोत्सवको सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि. र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो ।
मकुना ईन्ट्रीले सबै चकित
सौराहाको बाघमारा सामुदायिक वन परिसरमा भइरहेको हात्ती महोत्सवमा जंगली हात्ती माकुना प्रवेश गरेर कार्यक्रम बिथोलिदा सबै चकित बनेका थिए । हात्ती हेर्न आएका दर्शक तथा पर्यटकहरुले जंगली हात्ती मकुना देखिदा चकित भएका थिए । पाँच दिनदेखि सञ्चालित १८औँ हात्ती तथा पर्यटन महोत्सवको अन्तिम दिन सोमबार समापन कार्यक्रममा दर्शकको उल्लेख्य भीड थियो । समापन कार्यक्रमअन्तर्गत पुरस्कार वितरण चलिरहेको थियो ।
सोही क्रममा बाघमारा सामुदायिक वनबाट माकुना हात्ती कार्यक्रम स्थल प्रवेश ग¥यो । जंगली हात्ती प्रवेशपछि कार्यक्रम स्थलमा केहीबेर होहल्ला र भागाभाग भएको थियो । सुरक्षाकर्मीको टोलीले भगाउने प्रयास गरे पनि जंगली हात्ती फर्की–फर्की आउने प्रयास गरेको थियो ।महोत्सव हेर्न पुगेका सर्वसाधारणलाई सुरक्षित स्थलमा जान अनुरोध गर्दै सुरक्षाकर्मीले भगाएपछि मकुना हात्तीले महोत्सवस्थलमा क्षति पु¥याउन पाएन ।महोत्सवका संयोजक रामकुमार अर्यालले जंगली हात्तीलाई सुरक्षाकर्मीले भगाएपछि अवस्था सामान्य भएको बताए ।