चितवन । किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको १४आँै बार्षिक साधरण सभा सोमबार गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १ का वडाध्यक्ष तथा नगर प्रवक्ता कुलप्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका अध्यक्ष शिवराज मैनालीले कार्यप्रगति प्रतिवेदन तथा भावि कार्ययोजना तथा सचिव टेकनाथ अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संघका कोषाध्यक्ष विनोद बागडीले संघको संस्थागत विकास र पुराना व्यवसायी ऋषिसिंह ठकुरी सहित साधारण सभाका लागि आर्थिक तथा सामग्री सहयोग गर्ने संघका अध्यक्ष मैनाली, बरिष्ठ उपाध्यक्ष ओमप्रकास शाह कलवार सहित दुई दर्जन व्यवसायीहरुलाई सम्मान गरिएको संघका महासचिव नवराज तिमिल्सिनाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रबक्ता सापकोटाले स्थानीय उत्पादनको बजारीकरणमा भूमिका खेल्न व्यवसायीहरुलाई आग्रह गरे । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले आर्थिकमन्दीको असरलाई चिरेर अगाडि बढ्नु पर्ने बताए ।
व्यवसायिक सुरक्षा र एकताको लागि जिम्मेवार बन्न व्यवसायीलाई आग्रह उनले लगानी सुरक्षामा सरकार प्रतिबद्ध हुनुपर्ने बताए । संघका अध्यक्ष मैनालीले व्यवसायीको समस्या सामधानको अलवा संस्थागत विकाससंगै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको बताए । उनले संघले रक्तदान कार्यक्रम, व्यवसायिक सीप विकास, बृद्धाश्रम र मठ मन्दिरमा समेत आर्थिक सहयोग गर्दै आएको जानकारी दिए ।
संघका महासचिव नवराज तिमिल्सेनाले सञ्चालन गरेको सो कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शाह कलवारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संघका अध्यक्ष मैनालीको अध्यक्षता भएको कार्यक्रममा पूर्वी चितवन वितरक संघका अध्यक्ष बद्रि आचार्य, त्रिबेणी फूड प्रोडक्टका सञ्चालक दीपेन्द्र रेग्मी, सगरमाथा मसला उद्योगका सञ्चालक आयुष डोटेल लगायतले मन्तब्य राखेका थिए ।