चितवन । पूर्वी चितवनको रत्ननगरका विपन्न समुदायका ५४ घरधुरीलाई सोमबार सुधारिएको चुलो वितरण गरिएको छ ।
सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले रत्ननगर वडा नं ८ अन्तर्गत चित्रसेन टोलका २५ र गोठौली टोलका २९ घरधुरीलाई चुलो वितरण गरेको हो । प्रतिनिधि सभा सांसद हरि ढकाल र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले सयुक्त रुपमा चुलो हस्तान्तरणा गर्नु भएको थियो ।
वाताबरण संरक्षण र महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि सपना भिलेजले विपन्न बस्ती केन्द्रीत गरी चुलो वितरण गरेको हो । सो अबसरमा सांसद ढकालले सरकारले गर्न नसकेको एउटा महत्वपूर्ण काम सपजा भिलेजले गरेको भन्दै यसलाई तीनै तहको सरकारले अनुसरण गर्नुपर्ने बताए ।
सुधारिएको चुलोले बाताबरण संरक्षणको अलवा महिलाहरुको स्वास्थ्य समेत रक्षा गर्ने उनको भनाई छ । सपना भिलेजका अध्यक्ष गिरीले अहिले सम्म इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका एक हजार ५० घरधुरीलाई चुले वितरण गरिसकेको र आगामी एक बर्ष भित्र ७ हजार ५०० घरघुरीलाई वितरण गर्ने लक्ष्य रहेको बताए ।
सुरुवाती चरणमा निःशुल्क चुलो वितरण गर्दै आएको सपनाले पछिल्लो समय प्रतिचुलो ५०० रुपैया लिएर वितरण गरिरहेको छ । २ हजार ५०० मुल्य पर्ने चुलोलाई पैसा हालेर किन्दा अपनोत्व हुने भएकाले प्रतिचुलो ५०० रुपैया लिएर वितरण गरिएको गिरीले बताए ।
विपन्नलाई चुलो वितरण गर्नकै लागि सपना भिलेजले ३५ लाख रुपैया लगानी गरी चित्रसारीमा उद्योग सञ्चालन गरेको छ । सांसद ढकालले सो उद्योगको अबलोकन तथा निरीक्षण समेत गरेका छन् ।