मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। सेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ। तर, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। मनमा उमङ्गको भने कमी हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृष : ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। व्यापार-व्यवसायबाट मनग्गे आम्दानी हुनेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कतैबाट शुभ समाचार सुन्न पाइएला। साँझमा भने आफन्तसँग झगडा पर्न सक्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
मिथुन : भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। बन्न लागेको काम बिग्रनेछ। घरपरिवारमा झैझमेलाको अवस्था आउला। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। ठूलाबडाको आशीर्वादले भने काम बन्न सक्छ।
भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
कर्कट : शुभ समाचार सुन्न पाइएला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेमीको सहयोग पाइनेछ। सन्तान सुख मिल्ला।
भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
सिंह : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। कुनै कुराले मनमा शान्ति छाउला। व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले सम्पन्न हुनेछ।
भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
कन्या : मित्रहरूले सहयोग गर्नेछन् र तपाईँलाई खुसी राख्नेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। नयाँ कामको शुभारम्भ हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा पनि ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
तुला : परिवारमा झैझमेलाको अवस्था आउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। मन भावुक र उत्ताउलो बन्न सक्छ। साँझमा अरूलाई प्रभावित पारेर काम बन्नेछ।
भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
वृश्चिक : समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। जीवनसाथीसँग रमाइलो समय बिताउनुहुनेछ।
भाग्यशाली रङ पहेँलो हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : कामहरू सहजै अगाडि बढ्नेछन्। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। सेवामूलक कामबाट सुख र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आकस्मिक धनलाभ हुनेछ। तर, अरूको भलाइका लागि ज्यादा दौडधुप गर्नु पर्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
मकर : आकाङ्क्षा पूर्ण हुनेछ। समाजसेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। धनमाल हात लाग्न सक्छ। साँझमा भने तनाव बढेको महसुस हुनेछ।
भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
कुम्भ : लाभहानि, सुखदुःख बराबरी हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। व्यर्थको सास्ती पनि खेप्नु पर्ला। परिवारका लागि धेरै समय दिन पाइने छैन। बजार घुम्ने अवसर भने मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मीन : व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक कार्य भने कमजोर रहनेछ।
भाग्यशाली रङ पर्पल हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।