काठमाडौं। बझाङ केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ११ः२ बजे बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।