पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा अनुसन्धान गर्न थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
यसअघिको म्याद सकिएपछि प्रहरीले आइतबार बिहान लामिछानेलाई अदालत पेस गरेको थियो । सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान नसकिएकाले उनीमाथि म्याद थप भएको हो।
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमै रहेका बेला लामिछानेलाई बुटवल,काठमाडौं र चितवनमा बयानका लागि लगिएको थियो। सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।
गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो। लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।