काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्स सामु जितका लागि एक सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्स सामु जितका लागि एक सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए ।
टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए । लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्दले शून्य रनमा आउट भए ।
यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त ग¥यो । पोखराका लागि विपीन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारे । अहिले पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।