चितवन। भरतपुर ११ भोजाडमा रहेको नेपाल पोलिटेक्निक इन्सिच्युट (एनपीआइ) मा पढ्ने विद्यार्थीहरुले चर्को नाराबाजी सहित कलेज घेराउ गरेका छन् । आज (सोमबार) विद्यार्थीहरुले भोजाडमा रहेको कलेज भवनदेखि विशालचोक हुदै भरतपुर १० कार्यालयसम्म बिरोध ¥याली निकालेर बिरोध प्रदर्शन गरे।
एनपीआइ कलेजले अनलाइन कक्षा सञ्चालनको नाममा चर्को शुल्क लिएको भन्दै बिगत १६ दिन अघिदेखि २५ प्रतिशत शुल्क मिनाहाको माग गर्दै विद्यार्थीहरुले नाराबाजी गरिरहेका छन् ।
प्रदर्शनमा विद्यार्थीहरुले कलेज तेरो पाराले दुःख पाए साराले, शैक्षिक माफिया होशियार, लुटतन्त्र बन्द गर, कलेज प्रशासन मुर्दाबाद, लुटतन्त्र बन्द गर, शिक्षाको व्यापार बन्द गर, विद्यार्थीको माग पूरा गर , विद्यार्थीको भबिष्य माथि खेलवाड बन्द गर । शिक्षामा कालोबजारी बन्द गर लगायतका नारा लगाएका थिए । तालाबन्दी गरेपछि बीचबीचमा वार्ता बसे पनि सफल हुन नसकेको विद्यार्थीहरुको भनाइ छ ।
प्रदर्शनमा सहभागी एक विद्यार्थीले कलेजले निःशुल्क जुम प्रयोग गरेर विद्यार्थीलाई ४० मिनेट मात्रै पढायो । त्यसमा पनि शिक्षक १० मिनेट अघि आउने र १० मिनेट छिटो जाने गर्ने गरेको बताए । उनले अनलाइनको नाममा ठगी भयो , राम्रोसँग पढाई भएन , कलेजले शुल्क पूरै लिने गरेको बताए । उनले कलेजले विद्यार्थीहरुलाई पैसाको रुख सम्झेको बताए ।
त्यस्तै आर्का विद्यार्थीले कलेज प्रशासनले विद्यार्थी र अभिभावकसंग लुकामारी खेलेको बताएका छन् । उनले एनपीआइको कर्तुत प्रति लगाम नलगाए विध्यार्थी र अभिभावक सधै लुटिने बताए । उनले विद्यार्थीख धैर्यताको परीक्षा नलिन कलेज प्रशासनलाई चेतावनी समेत दिएका छन् ।
कोभिड महामारीको बहानाबाजी गरी एनपीआइ कलेजले राम्रो संग पठनपाठन नगराएको, २५ प्रतिशत शुल्क छुट गर्न आग्रह गर्दा अटेर गरेको , परिक्षाको फर्मको मिति असोज १० गतेसम्म हुदा पनि कलेज प्रशासनले माग पूरा नगरेको , अनलाइन कक्षाको नाममा लाखौं असुल गरेको बिरोधमा आन्दोलन गरेको र माग पूरा नभए सम्म आफुहरु अझै कडा रुपमा प्रदर्शमा आईरहने बताउछन् । उनिहरुले शान्तिपूर्ण रुपमा गरेको आन्दोलनलाई हलुकामा नलिन समेत चेतावनी दिएका छन् ।