चितवन । सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गाडी चालक चितवनको गीतानगरका शेरबहादुर लामा रहेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३-००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गाडी चितवनबाट हेटौंडा-सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
चितवन गीतानगरका शेरबहादुर लामा १८९ किलो गाँजासहित सिन्धुलीमा पक्राउ

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु