काठमाण्डौ । सुनको भाउ आज नौ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ नौ सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ताेलाकाे एक लाख ६२ हजार एक सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ५० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।