काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा मंगलबार खास निष्कर्षमा पुग्न नसकेपछि आज पुन: बैठक बस्न लागेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने नेताहरूले बताएका छन् ।