मलेखु । काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।
पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैको महादेवबँेसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु एउटै परिवारको रहेको बताइएको छ । दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।