पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेका विषयमा जिल्ला अदालत पोखरामा भएको थुकछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै केही समयमा आदेश आउनेछ । शुक्रबार पक्राउ परेका रविलाई प्रहरीले आज अदालतमा उपस्थित गराएको हो ।
आज उनको थुनछेक बहसपछि अनुसन्धानका लागि म्याद थप गर्ने वा नगर्ने भन्ने आदेश हुनेछ । प्रहरीले कम्तिमा पनि पाँच दिन म्याद थपको माग गरेको एक अधिकारीले बताए ।