काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि जिल्ला भेला सुरु गर्ने भएको छ । सचिवालय बैठकले सुर्खेतबाट जिल्ला भेला सुरु गर्ने निर्णय गरेको हो ।
सुर्खेतको भेलाका पार्टी केन्द्रबाट प्रमुख सचेतक सन्तोष परियारलाई तोकिएको छ । आज सुर्खेतपछि कहाँ कहिले गर्ने भन्नेबारे तालिका बनाइरहेको सहप्रवक्ता प्रतिभा रावलले बताउनुभयो ।
यस्तै एक महिनाभित्र सबै जिल्ला भेला सक्ने रास्वपाले तयारी गरेको छ । रास्वपाले २०८२ को अन्तिम साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने मिति तय गरेको छ ।