चितवन। भरतपुर महानगरपालिका–२९ सेतीदोभानस्थित नारायणगढ–मुग्लिन सडकमा आज बिहान डिब्बा ट्रकले बसलाई ठक्कर दिएको छ ।
ना६ ख ४८८७ नम्बरको डिब्बा ट्रकले पछाडिबाट ठक्कर दिँदा नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको प्र१–०२–००१ ख ९९८९ नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठोक्किएको हो । डिभाइडरका कारण ठूलो क्षति हुनबाट जोगिएको छ ।
बसमा सवार भक्तपुर नगरपालिका -९ बस्ने वर्ष १९ कि अपिया सुहालको नाकमा चोट लागि सामान्य घाइते भएको प्रहरीले बताएको छ । उनलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।