भरतपुर ।नेपाली कांग्रेस चितवनका जिल्ला कमिटि सदस्य तथा आसन्न निर्वाचनका नगर सभापतिको शसक्त उम्मेद्वारवार तथा भरतपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष चित्रसेन अधिकारी वडाको विकास निर्माणमा अनिमियता गरी उपभोत्ता सकिति र ठेकेदार संग रकम लिई गुणस्तरहिन काम गरेको भन्दै मंगलवार अख्तियारको टोलीले अनुगमन गरी आवाश्यक कागजात जफत गरेको छ ।
अख्तिियार दुरुपयोग अनुसन्धान आयोग हैटौँडाबाट आएको टोलीले वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा बिवेकसेन अधिकारीको नाममा सिभिल बैंक भरतपुरको खातामा बाटो निर्माण गर्ने उपभोक्ता समितिले पहिलो पटक १ लाख ७६ हजार रुपैँया र दोस्रो पटक २६ हजार रुपैँया गरी २ लाख ३ हजार रुपैँया जम्मा गरेको बैकं स्टेटमेन्ट सहितको कागजात जफत गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटौँडाबाट आएको जनक प्रसाद नेपालको टोलीले वडा नं २१ को केचन टोलको दुर्गाबाहादुर भट्रराईको घरदेखि गणेश मन्दिर सम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाज सम्मको बाटो गा्रभेल गरी स्तरउन्नति गर्न वडा अध्यक्ष चित्रसेन अधिकारीले उपभोक्ता समितिलाई जिम्मा लगाएका थिए । उपभोक्ता समिति मार्फतनै वडा अध्यक्ष अधिकारीले पटक पटक पैसा लिई गुणस्तरहिन काम गरेको उजुरी परेपछि अख्तियारलेछानबिनका लागि बाटोकै अनुगमन र आवाश्यक कागजात नियन्त्रणमा लिई छानबिन अगाडि बढाएको बताईएको छ ।
जनताको सेवामा दिनरात लागि परेका बताउने अधिकारीले विकास निर्माणका सबै साना ठुला आयोजनामा बजेट अनुसार कोटा तोकी रकम असुली गर्ने गरेको अर्का उपभोक्ता समितिका अध्यक्षले नाम नबताउने शर्तमा बताएका छन । असुली काण्ड सतहमा आएसंगै नेपाली कांग्रेसको आसन्न निर्वाचनमा नगर अध्यक्षको उम्मेद्दावारी घोषणा गरी निर्वाचनमा होमिएको बेला यस घुस काण्डले अधिकारीको दाँतमा ढुगां लागेको छ भने नगरका कांग्रेसीहरुनै भ्रष्टचारीलाई नगरसभापति बनाउन नहुने बताउन थालेका छन ।
यस सम्बन्धि वडा अध्यक्ष चित्रसेन अधिकारी संग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । तेसोत अख्तियार दुरुपयोग आयोग हेटौँडाले वडा नं २५ का वष अध्यक्ष , वडा नं ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले वडाको विकास निर्माणमा उपभोक्ता समितिहरु संग रकम लिने गरेको , उपभोक्ता समितिको रकम वडा अध्यक्षले लिएर बितरण गर्ने गरेको साथै गुणस्तरहिन काम र कतिपय अवस्थामा दोहोरो भुक्तानी समेत लिएको उजुरीको आधारमा छानबिन गरिरहेको अख्तियार स्रोतले बताएको छ ।