चितवन । चितवन उद्योग संघ महिला उद्यमी मञ्चको ३३ औं र युवा उद्यमी मञ्चको पाँचौं वार्षिक साधारण–सभा सम्पन्न भएको छ ।
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोती र युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोलेको संयुक्त अध्यक्षतामा सम्पन्न साधारणसभामा उद्योग तथा वाणिज्य कार्यालय, चितवनका कार्यालय प्रमुख विनोद पौडेल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथिले पौडेलले आफ्नो कार्यालयले उद्योगी, व्यवसायीहरुको गुनासाहरु सम्बोधन गर्न आवश्यक सहजीकरणका लागि सदैव तत्पर रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष मदन घिमिरेले संघ अन्तर्गत रहेका महिला तथा युवा उद्यमीहरुका हरेक गतिविधिहरुमा सहकार्य गर्न संघ तयार रहेको बताउनुभयो ।
साधारणसभामा चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेलले संघले वर्तमान अवस्थामा गरेको उपलब्धी र शुरुवाती समयमा संघबाट हुने गतिविधिहरुको बारेमा चित्रण गर्नुभएको थियो । त्यस्तै चितवन उद्योग संघ पूर्व अध्यक्ष मण्डलका अध्यक्ष त्रिलोचन कँडेलले संघको अभिन्न अंगको रुपमा रहेको महिला तथा युवा उद्यमी मञ्चका गतिविधिले संघको उचाईलाई कायम राख्न महत्वपूर्ण भूमिका खेल्नु बताउनुभयो ।
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीले स्वागत मन्तव्य सहित महिला उद्यमी मञ्चको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका सचिवालय निर्देशक भरत दवाडीले मञ्चको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी कोषाध्यक्ष जुनु पौडेल अधिकारी र चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका आर्थिक निर्देशक अनिष पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभालाई थप रोमान्चित बनाउनको लागि महिला तथा युवा उद्यमीहरुले सञ्चालन गरेका उद्योगहरुबाट उत्पादित वस्तुहरु तथा अन्य पालिका समिति बाट प्राप्त पुरस्कारलाई सहभागी र अतिथिहरुलाई गोलाप्रथाद्वारा वितरण गरिएको थियो ।
जस अन्तर्गत भारद्वाज पेपर इण्डष्ट्रिजको तर्फबाट १० प्याकेट पेपर प्लेट र १० बण्डल जुस कप, गढी सेक्युरिटी एण्ड सर्भिसेस सेन्टरको तर्फबाट आकर्षण गिफ्ट ह्याम्पर, डोको नाम्लोको तर्फबाट रैथाने खानेकुरा, त्रिदेव इन्जिनियरिङ्ग प्रा.लि.को तर्फबाट घरायासी औजार, जलप नेपाल को तर्फबाट दुई जनालाई आकर्षक पुरस्कार, न्यू मनकामना बिजुली सर्भिसको तर्फबाट बल्प र बुक, हेयर शान्ति ब्यूटी पार्लर एण्ड टे«निङ्ग सेन्टरको तर्फबाट ५ हजार बराबरको सर्भिस प्याकेज, रत्ननगर प्याकेजिङ्ग उद्योगको तर्फबाट सरसफाई सामाग्री, फाईटोकेयर इन्टरनेशनलको तर्फबाट उत्पादित मल, अश्मी लेडिज टेलर्सको तर्फबाट गिफ्ट ह्याम्पर, युनिक्लो बुटिकको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर, स्वस्ती व्युटी पार्लर एण्ड टे«निङ्ग सेन्टरको तर्फबाट दुई जनालाई ५–५ हजार बराबरको सर्भिस प्याकेज, अन्नपूर्ण फुड प्रोडक्टको तर्फबाट चिउराको प्याकेट, सन्देश फर्निचर उद्योगको तर्फबाट पिर्का, मोडल पोल्ट्री उद्योगको तर्फबाट तीन क्रेट अण्डा, राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरेले राप्ती कंक्रिट उद्योगको तर्फबाट कुखुराको भाले, महाकाली फुड्सको तर्फबाट गिफ्ट ह्याम्पर उपलब्ध गराईएको थियो ।
चितवन उद्योग संघ युवा उद्यमी मञ्चका निर्देशक भुवन कँडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोलेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।