चितवन। भरतपुर महानगरपालिका–२ लिलाचोक स्थित भित्री सडकमा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति १ः२० बजेको समयमा शहिदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश०६–००२ प ३१४५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भिर घाइते भएका चालक गैंडाकोट नगरपालिका–५ काङग्रेसचोक बस्ने वर्ष २६ को रबिन थापा र सोहि मोटरसाइकल पछाडि सवार लमजुङ दुधपोखरी गाउँपालिका–६ बस्ने अन्दाजी ४० वर्षीय पुर्ण बहादुर गुरुङको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
चालक थापाको गएराति २ बजे र मोटरसाइकल पछाडि सवार गुरुङको गएराति १ः५४ बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता रिजालले बताए ।