चितवन । भरतपुर महानगरपालिका भएसङ्गै बिकास निर्माणका कामहरु तिब्र रुपमा भैरहेको छ तर यसरी बिकास निर्माण भैरहदा सम्बन्धित निकायले ट्राफिक लाईटलाई भने वेवास्था गरेको छ ।
चार वर्ष अगाडि भरतपुरको मुख्य बजारमा ट्रफिक लाईट जडान गरिएको थियो तर ४ दिन पनि हुन नपाउदै समस्या देखियो भनेर निकालियो ।
त्यसलाई हालसम्म पनि त्यो ट्राफिक लाईट कहाँ छ ? मर्मत भयो कि नाई कुनै अत्तोपत्तो छैन ।
भरतपुर लगयत नारायणगढका अधिकाम्स ठाउहरुमा बिहान र बेलुकाको समयमा सधैं बाटो जाम हुने गर्छ ।
ट्राफिक लाईट नभएको कारण यात्रुहरुले बाटो काट्न असहज महसुस गर्ने गरेका छन् भने अर्को तिर दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्दो क्रममा रहेको छ ।
भरतपुर महानगरपालिकालाई स्मार्ट सिटि भनेर घोषणा गरियो । ठूलाठूला योजना बनाएर अघि बढेको महानगरले ट्राफिक लाईटलाई बेवास्ता गरेको प्रस्ट देखिएको छ ।
बिकासले तिब्रता लिएसङ्गै भरतपुरमा निजी सवारी साधनहरुको चाँप दिनानुदिन बढिरहेको छ । निजी सवारी साधन जथाभावी चल्दा नारायणगढ बजारको ट्रफिक ब्यबस्थापन फितलो छ ।
जिल्ला ट्रफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक गायत्री राज शर्माका अनुसार भरतपुरको मुख्य बजारमा ट्राफिक लाईट र जेब्राक्रसिङ नभएको कारणले ट्राफिक ब्यबस्थापनमा समस्या देखिएको छ । उनी भन्छन्,” ट्राफिक लाईट भएको भए धेरै सहज हुन्थ्यो “।
यसरी ट्राफिक लाईटलाई अनदेखा गर्दा त्यसले अनेक धटना निम्त्याउने कुरामा कुनै शङ्खा छैन तर पनि सम्बन्धित निकायले यस्तो संबेदनसिल बिषयमा पनि खासै ध्यान दिन सकेको छैन ।