भरतपुर । भरतपुर महानगरपालिका वडा नं–११, वडा कार्यालयअगाडि मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
ना १० प ६४११ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०६–००१ प २१९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर महानगरपालिका वडा नं–११ बस्ने ५५ वर्षीय यमनाथ रेग्मी मध्यम घाइते भएका छन् ।
निजको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल चालक भरतपुर–११ अमन चोक बस्ने २३ वर्षीय ऋषिराम दर्जी उपचारमा संलग्न रहेको र दुवै सवारीसाधन प्रहरी पोस्टको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।